काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि भदौ १२ गते सुनको मूल्य ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र डलर विनिमय दरका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य प्रभावित हुने गरेको महासङ्घले जनाएको छ।





















प्रतिक्रिया