काठमाडौं । बाढीका कारण मिर्गौला प्रत्यारोपणका लागि आवश्यक आर्थिक स्रोत गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिने भएको छ।
काठमाडौं मेडिकल कलेजले मानवीय सहयोगस्वरूप डंगोलको मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने निर्णय गरेको हो। अस्पतालका अनुसार बिरामी अस्पतालमा भर्ना भएदेखि सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरी डिस्चार्ज हुँदासम्म लाग्ने सम्पूर्ण अस्पतालसम्बन्धी खर्च निःशुल्क उपलब्ध गराइनेछ।
बाढीका कारण उपचारका लागि आवश्यक आर्थिक स्रोत गुमेपछि प्रत्यारोपणमा कठिनाइ उत्पन्न भएको अवस्थामा बिरामीको अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ।
विपद्को कठिन घडीमा बाढीपीडित नागरिकको उपचारमा सहयोग पुर्याउनु आफ्नो सामाजिक तथा मानवीय दायित्व भएको अस्पतालले जनाएको छ।
काठमाडौं मेडिकल कलेज:
“स्वास्थ्य सेवामा समर्पित, विपद्को घडीमा नागरिकको साथमा।”





















प्रतिक्रिया