काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्या फार्माल्याबले सरकारलाई ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको औषधि सहयोग गरेको छ।
बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकका लागि आवश्यक स्वास्थ्य उपचारसम्बन्धी औषधि कम्पनीले उपलब्ध गराएको हो। विपद्का कारण प्रभावित नागरिकको स्वास्थ्य उपचारमा थप सहयोग आवश्यक परेमा आवश्यक उपकरण तथा औषधिसमेत सहयोगस्वरूप उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ।
विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले गरिएको उक्त सहयोगले स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायको उपचारमा महत्त्वपूर्ण सहयोग पुग्ने कम्पनीको विश्वास छ। आर्या फार्माल्याबले विपद्को कठिन घडीमा प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।





















प्रतिक्रिया