काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा बेपत्ताको खोजी कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ।
नेपाली सेनाका अनुसार आज भदौ १५ गते दिउँसो १ः३० बजेसम्म सेनाको हेलिकप्टरमार्फत ३३० जनाको उद्धार गरिएको छ।
बाढीका कारण प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धारका लागि सेनाको ठूलो टोली परिचालन गरिएको छ। सेनाका करिब ८ हजार ९ सयभन्दा बढी फौज खोला, डाँडा तथा प्रभावित स्थानीयका घरघरमा पुगेर खोज तथा उद्धार कार्यमा खटिएका छन्।
यस्तै, त्रिशूली–३ ‘ए’ हाइड्रोपावरको सुरुङमा करिब १५ मिटरभित्र प्रवेश गरी खोजी तथा उद्धारको काम भइरहेको सेनाले जनाएको छ। त्रिशूली हाइड्रोको 3B टनेलमा विज्ञ फौजसहितको टोलीले खोजी जारी राखेको छ।
यसैगरी, रसुवागढी हाइड्रोपावरको सुरुङमा करिब २५० मिटरभित्रसम्म संयुक्त टोली पुगेर खोजी गरेको थियो। तर त्यहाँ मानिस फेला नपरेपछि टोली बाहिरिएको सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई समन्वयात्मक रूपमा निरन्तरता दिइरहेको नेपाली सेनाले जनाएको छ।





















प्रतिक्रिया