काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाले उद्धार प्रयास तीव्र पारेको छ।

सोमबार बिहान नेपाली सेनाको भैरवनाथ गणका थप १६ जना सुरुङ क्षेत्रमा खटिएर खोज तथा उद्धारका लागि खन्ने काम गरिरहेका छन्। यसअघि १५ जना सैनिक र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले उद्धार प्रयास थालेको थियो।

भदौ १३ गते चिनियाँ उद्धार टोलीले पनि सुरुङ क्षेत्रको रेकी गरी अवस्थाबारे नेपाली सेनालाई जानकारी गराएको थियो। सुरुङभित्र मानिसहरू फसेको आशंकामा खोजी तथा उद्धार कार्य जारी राखिएको छ।






















प्रतिक्रिया