काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।
लामिछानेले आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी सरकारले गरिरहेको उद्धार, राहत तथा व्यवस्थापनका कामबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीसँगको भेटबाट प्राप्त जानकारीपछि उनले सो विषयमा राष्ट्रपतिलाई समेत ब्रिफिङ गरेका हुन्।
भेटमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा आगामी दिनमा गर्नुपर्ने आवश्यक पहलका विषयमा समेत छलफल भएको जनाइएको छ।





















प्रतिक्रिया