रवि लामिछाने र राष्ट्रपति पौडेलबीच भेटवार्ता


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरी भोटेकोशी बाढीबाट भएको क्षति र जारी उद्धार तथा राहतबारे जानकारी गराएका छन्।

सोमबार शीतल निवासमा भएको भेटमा लामिछानेले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार तथा राहतका लागि भइरहेका प्रयास र देखिएका समस्याबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका हुन्।

लामिछानेले यसअघि सोमबार नै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी सरकारले गरिरहेको उद्धार, राहत तथा व्यवस्थापनका कामबारे जानकारी लिएका थिए। त्यसपछि उनले सोही विषयमा राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार, राहत र पुनर्स्थापनाका प्रयास भइरहेका छन्।