काठमाडौँ । नेकपा एमालेले भोटेकोशी बाढीपीडितका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ राहत संकलन गरी आफैं खर्च गर्ने भएको छ।
सोमबार एमाले बागमती र राजधानी प्रदेश कमिटीले १०–१० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेपछि अध्यक्ष केपी शर्मा ओलीले राहत रकम संकलन र वितरण पार्टीकै पहलमा गर्ने बताए।
ओलीले सरकारी कोषमा रकम जम्मा भए पनि पीडितसमक्ष राहत पुग्न नसकेको भन्दै छिटो र प्रभावकारी रूपमा वास्तविक पीडितसम्म राहत पुर्याउनुपर्ने बताए।
उनले उद्धारमा निजी हेलिकप्टर र तालिमप्राप्त जनशक्तिको प्रभावकारी प्रयोग गर्नुपर्नेमा जोड दिए। साथै, पछिल्लो विपद् जलवायु परिवर्तनको असर भएकाले नेपालजस्ता प्रभावित मुलुकलाई विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्ने धारणा राखे।





















प्रतिक्रिया