काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ लाख ६ हजार १ सय रुपैयाँमा झरेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ७ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ४ सय ३० रुपैयाँ तथा १० ग्राम चाँदीको मूल्य ४ हजार ८५ रुपैयाँ निर्धारण गरिएको छ ।





















प्रतिक्रिया