र्‍यापर बादशाहको वैवाहिक जीवन टुंगियो, ईशासँग सम्बन्धविच्छेद


नयाँ दिल्ली । भारतीय र्‍यापर बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखीले विवाह गरेको पाँच महिनामै सम्बन्धविच्छेद गरेका छन्। दुवैले सोमबार राति सामाजिक सञ्जालमार्फत आपसी सहमतिमा अलग भएको पुष्टि गरेका हुन्।

बादशाहले आफूहरू आपसी सम्मानका साथ छुट्टाछुट्टै बाटोमा अघि बढ्ने बताउँदै यस विषयमा अड्कलबाजी नगर्न र गोपनीयताको सम्मान गर्न आग्रह गरेका छन्। ईशाले पनि बादशाहको पोस्ट आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छन्।

ईशा पञ्जाबी फिल्मकी चर्चित अभिनेत्री तथा मोडल हुन्। उनले ‘जट्ट ब्वाय पुट जट्टा दी’, ‘ह्याप्पी गो लकी’, ‘अर्दास’ लगायतका फिल्ममा अभिनय गरेकी छन्। उनको बलिउड डेब्यु ‘नवाबजादे’ बाट भएको थियो।

बादशाहको यो दोस्रो सम्बन्धविच्छेद हो। यसअघि उनले जस्मिन मसिहसँग विवाह गरेका थिए। उनीहरू २०२० मा अलग भएका थिए।