किभमा रुसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु


काठमाडौँ । युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा रुसले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। आक्रमणमा दुई बालबालिकासहित १७ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

मंगलबार राति भएको आक्रमणमा सरकारी रेल कम्पनीको डिपोमा समेत क्षति पुगेको छ। डिपोमा कार्यरत ६ रेलकर्मीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। किभनजिकैको बोरिस्पिलमा थप चार जनाको मृत्यु भएको छ।

आक्रमणपछि किभका तीन जिल्लामा आगलागी भएको मेयर भिताली क्लिच्कोले बताएका छन्। आवासीय भवनसहित सर्वसाधारणले प्रयोग गर्ने पूर्वाधारमा समेत क्षति पुगेको जनाइएको छ।