काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बस्ने भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक आह्वान गर्ने निर्णय गरेको हो।
भोलिको बैठकमा सभामुख डोलप्रसाद अर्यालले महाविपद्बारे विशेष प्रस्ताव पेस गर्ने भएका छन्। प्रस्तावमाथि सबै दलका नेताहरूले धारणा राख्नेछन्।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म ९८७ जनाको शव फेला परेको, ३ हजार ९१६ जना सम्पर्कविहीन र ११ हजार ८१४ जनाको उद्धार गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।





















प्रतिक्रिया