काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटमा पर्यटन विकाससम्बन्धी निर्माण कार्यमा अनियमितता गरेको आरोपमा तीन सरकारी कर्मचारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार परोहा नगरपालिका–९ स्थित रामपुर पोखरी क्षेत्रमा शिवनाथ भवन, भैरवनाथ मन्दिर र राधाकृष्ण मन्दिरको भवन निर्माणमा वास्तविकभन्दा बढी काम भएको देखाई ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बढी भुक्तानी गरिएको थियो।
अनियमिततामा संलग्न भएको आरोपमा तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्ले, इन्जिनियरद्वय सुदीप प्रकाश तिमल्सेना र नितेश कुमार पटेल तथा उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र साह तेली र कोषाध्यक्ष कुन्ती देवी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
आयोगले पाँचै जनाबाट उक्त रकम बिगो असुलउपर गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ।





















प्रतिक्रिया