अविरल वर्षापछि कोदारी खण्डमा सडक अवरुद्ध, यातायात ठप्प


काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत कोदारी खण्ड अवरुद्ध भएको छ। बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको हो।

सडक विभागका अनुसार सडक डिभिजन कार्यालय चरिकोटमार्फत गेग्रान हटाउने तथा क्षतिग्रस्त सडक मर्मत गर्ने काम भइरहेको छ। सडक खुलाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको विभागले जनाएको छ।