पृथ्वी राजमार्ग संकटमा: जवाङ खोलाको कटानले सडक धस्सियो, उच्च जोखिम


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको जवाङ खोला क्षेत्रमा त्रिशूली नदीको तीव्र कटानका कारण सडक भासिन थालेको छ।

बुधबार बिहानदेखि सडकको सतह दबिन थालेपछि उक्त खण्ड उच्च जोखिममा परेको हो। बाढीपछि निरन्तर नदी कटान हुँदा सडकको जगसमेत कमजोर बनेको बताइएको छ।

सडक थप भासिन सक्ने जोखिम रहेकाले सो क्षेत्रमा सवारीसाधन सञ्चालन गर्दा उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ।