नारायणगढ–मुग्लिन सडकखण्डमा ढुंगा खस्दा जोखिम


काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी खोला पुलनजिकै बिहीबार बिहान माथिबाट स–साना ढुंगा सडकमा खसेका छन्।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान करिब ९ः३५ बजे ढुंगा खसेपछि हटाउने तयारी भइरहेको छ। ढुंगा स–साना भएकाले सडक छिट्टै पूर्ण रूपमा सुचारु हुने कार्यालयले जनाएको छ।

पुरानो सडक प्रभावित भए पनि नयाँ पुलबाट सवारी आवागमन नियमित रहेको छ। माथिबाट ढुंगा खस्ने जोखिम कायमै रहेकाले चालक तथा यात्रुलाई सावधानी अपनाउन सडक डिभिजनले आग्रह गरेको छ।