सुनको भाउले बनायो नयाँ रेकर्ड


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बिहीबार प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ। बुधबार यसको मूल्य २ लाख ९७ हजार ३ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ४५ रुपैयाँले बढेर ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।