छुट्टै महाधिवेशनको तयारीमा देउवा समूह, कांग्रेसले बोलायो अनुशासन समिति


काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवेशनको मिति र प्रक्रियालाई लिएर विवाद चुलिएका बेला केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापन पक्षले आज दिउँसो २ बजे अनुशासन समिति बैठक बोलाएको हो।

देउवा पक्षको गतिविधिबारे छलफल तथा आवश्यक निर्णयका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ।