रसुवा । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको संयुक्त खोज तथा उद्धार टोलीले जीवितै उद्धार गरेको छ।
प्रारम्भिक जानकारीअनुसार उद्धार हुनेमा सञ्जय शाह र कविर महर्जन रहेका छन्। उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था परीक्षण तथा उपचार भइरहेको जनाइएको छ।
सुरुङभित्र अझै केही व्यक्ति फसेको हुन सक्ने भएकाले संयुक्त खोज तथा उद्धार टोलीले थप खोज तथा उद्धार कार्य जारी राखेको छ।
कठिन परिस्थितिका बाबजुद सुरुङभित्र फसेकाहरूको जीवन बचाउन उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सम्पूर्ण सुरक्षा निकायको टोलीले निरन्तर प्रयास गरिरहेको छ।



















प्रतिक्रिया