काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका सञ्जय साह र कबीर महर्जनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले उनीहरूलाई सुरुङबाट बाहिर निकालेको हो। साहलाई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ भने महर्जनको पनि काठमाडौँमै उपचार भइरहेको छ।
सुरुङभित्रबाट थप आवाज सुनिएपछि उद्धार टोली प्रवेश गरी उनीहरूलाई जीवितै उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ।



















प्रतिक्रिया