काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्।

अवलोकनका क्रममा राष्ट्रपति पौडेलले बाढी प्रभावित तथा पीडित स्थानीयसँग भेटघाट गर्दै उनीहरूको अवस्था, समस्या र गुनासो सुनेका छन्।
राष्ट्रपतिले भोटेकोशी बाढीबाट नुवाकोटमा परेको प्रभाव तथा बाढीबाट भएको मानवीय र भौतिक क्षतिबारे जिल्ला सुरक्षा समितिबाट विस्तृत जानकारीसमेत लिएका छन्।
बाढीपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाको अवस्थाबारे समेत उनले जानकारी लिएका छन्।



















प्रतिक्रिया