प्रधानमन्त्री बालेन असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाने भएका छन्। प्रधानमन्त्री शाह असोज ९ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री शाह महासभालाई सम्बोधन गर्नकै लागि न्यूयोर्क जान लागेका हुन्। यसपटकको सम्बोधनमा भोटेकोशी बाढीबाट नेपालमा भएको ठूलो जनधनको क्षति र जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरिएको छ।

यसअघि संयुक्त राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने तयारी थियो। तर भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री शाह आफैँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुने तय भएको हो।

प्रधानमन्त्री शाहले महासभामा नेपालले पछिल्लो समय भोगिरहेको प्राकृतिक विपद्, जलवायु परिवर्तनको असर तथा जलवायु न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने बताइएको छ।

प्रधानमन्त्रीको भ्रमण छोटो हुने र महासभामा सम्बोधनपछि असोज ९ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।