म्याग्दीमा हजुरआमा ह-त्या प्रकरणमा नाती पक्राउ


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्।

प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः३० बजे २६ वर्षीय आशिष बरुवालले मनकुमारीमाथि हतियार प्रहार गरी फरार भएका थिए।

घटनालगत्तै खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बरुवाललाई बेनी–२ स्थित हाडेभिरबाट नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।