काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले एकताबद्ध भएर विपत्तिको सामना गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ जिल्ला कार्यसमितिले सोमबार बौद्धनाथ स्तुपामा आयोजना गरेको द्विप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुँदै मन्त्री श्रेष्ठले सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्नेमा जोड दिनुभयो
मन्त्री श्रेष्ठले देश अहिले एक गहिरो प्राकृतिक विपत्ति र संकटको घडीबाट गुज्रिरहेको उल्लेख गर्नुभयो । उहाँले यस कठिन परिस्थितिमा सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्नेमा जोड दिनुभयो । साथै, बेपत्ता भएकाहरूको खोजी, उद्धार तथा प्रभावितहरूको पुनर्स्थापनामा सरकार गम्भीरतापूर्वक लागी परेको उहाँले प्रष्ट पार्नुभयो ।
उक्त शोक समारोहमा मन्त्री श्रेष्ठले बाढीमा परी जीवन गुमाउने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
सरकारले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरुको सम्मान स्वरुप उक्त घटना भएको तेह्रौ दिनको पुण्यतिथिका दिन आज राष्ट्रिय शोक मनाइरहेको छ ।



















प्रतिक्रिया