काठमाडौं – जेभियर इन्टरनेशनल कलेजले बाढी प्रभावित समुदायका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।
जेभियर कम्युनिटीका तर्फबाट कलेजका अध्यक्ष लोकबहादुर भण्डारी र कार्यकारी निर्देशक डा. गोपाल भण्डारीले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
बाढी प्रभावित समुदायलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धताअनुसार उक्त रकम प्रदान गरिएको कलेजले जनाएको छ। विपद्का बेला प्रभावित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै कलेजले सहयोग गरेको हो।
कलेजले शिक्षा कक्षाकोठाभित्र सीमित विषय नभएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्नुपर्नेमा जोड दिएको छ। विपद्का समयमा समुदायसँग हातेमालो गर्दै आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि कलेजले जनाएको छ।


















प्रतिक्रिया