काठमाडौँ । प्रतिनिधि सभाले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उक्त प्रस्ताव सदनले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।
विधेयकमा बालबालिकाको अधिकार तथा संरक्षणसँग सम्बन्धित विद्यमान कानुनी व्यवस्थालाई समयानुकूल बनाउने र आवश्यक त्रुटि सच्याउने उद्देश्य राखिएको छ।
अब सम्बन्धित संसदीय समितिले विधेयकमाथि दफावार छलफल गरी प्रतिवेदनसहित सदनमा पेस गर्नेछ। त्यसपछि विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।



















प्रतिक्रिया