रोशी खोलाको बाढीमा फसेको बस उद्धार गरेर निकालियो


काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेमा रोशी खोला तर्ने क्रममा फसेको यात्रुवाहक बस उद्धार गरी निकालिएको छ।

बिहीबार कटुन्जेबाट थानसिंहतर्फ जाने भित्री सडकखण्डबाट रोशी खोला तर्ने क्रममा बस खोलामै फसेको थियो।

बस खोलामा फसेपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस भकुण्डेबेँसी र प्रहरी चौकी भकुण्डेबेँसीबाट टोली खटिएको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार जेसीबीको प्रयोग गरी बसलाई खोलाबाट निकालिएको हो।

बसमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति नभएको बताइएको छ।