काठमाडौँ । बंगालको खाडीमा विकसित गहिरो न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपास भारीदेखि धेरै भारी वर्षा भएको छ। ती क्षेत्रमा १६४ मिलिमिटरसम्म वर्षा मापन गरिएको छ।
बिहीबार लुम्बिनीदेखि पूर्वका अधिकांश भूभागमा मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
शुक्रबार वर्षाको गतिविधि अझै बढ्ने अनुमान गर्दै विभागले सम्भावित बाढी, पहिरो र डुबानबाट जोगिन सतर्क रहन आग्रह गरेको छ।



















प्रतिक्रिया