काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले संघीय संसद् भवन परिसरमा रहेको क्यान्टिन महँगो भएको गुनासो गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सांसदको तलब घरभाडा, बसभाडा लगायतका खर्चमै सकिने भन्दै संसद् भवनभित्र सस्तो र सहज क्यान्टिनको व्यवस्था गर्न माग गरे।
‘यो क्यान्टिन चलाउन जसलाई दिए पनि हुन्छ। तर मूल्य व्यवस्थापन गरेर सस्तो आइटमहरूको पनि व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘माननीयको तलबले घरभाडा तिर्ने हो कि, यताउता चल्ने हो कि, बसभाडा तिर्ने हो?’
क्यान्टिनको व्यवस्थापन तत्काल गर्नुपर्नेमा जोड दिँदै भण्डारीले क्यान्टिन नहुँदा सांसदहरूलाई समस्या भएको बताए।
‘क्यान्टिनको व्यवस्था नहुँदा सचेतकज्यूले हामीलाई हानिहाल्नुहुन्छ, कतिखेर कहाँ हो भनिहाल्नुहुन्छ। बाहिर जाऊँ भने भएन, भोकभोकै बस्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘केही न केही व्यवस्था अविलम्ब हुन जरुरी छ।’
भण्डारीले संसद् भवन परिसरमा सांसद तथा कर्मचारीको सहजताका लागि किफायती मूल्यमा खाद्य सामग्री उपलब्ध हुने व्यवस्था मिलाउन आग्रह गरेका छन्।



















प्रतिक्रिया