काठमाडौँ । अमेरिकी अदालतले ह्वाइट हाउसले तीन सञ्चारमाध्यममाथि लगाएको प्रतिबन्ध तत्काल हटाउन आदेश दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएका थिए। त्यसविरुद्ध ती सञ्चारमाध्यमले प्रतिबन्धलाई असंवैधानिक भन्दै अदालतमा चुनौती दिएका थिए।
डिस्ट्रिक्ट अफ कोलम्बियाको अदालतले प्रतिबन्धविरुद्ध अस्थायी रोक आदेश जारी गर्दै तीनवटै सञ्चारमाध्यमको ह्वाइट हाउसमा पहुँच १४ दिनका लागि पुनःबहाल गर्न निर्देशन दिएको हो।
अदालतमा ट्रम्प प्रशासनले प्रतिबन्धको बचाउ गर्दै ती सञ्चारमाध्यमले गलत सूचना प्रकाशित गरेको र राष्ट्रिय सुरक्षाका लागि खतरा उत्पन्न गरेको दाबी गरेको थियो।
तर अदालतले प्रशासनको उक्त दाबी स्वीकार नगर्दै प्रतिबन्ध हटाउन आदेश दिएको हो। आदेशसँगै ती तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउसमा पुनःप्रवेशको बाटो खुलेको छ।



















प्रतिक्रिया