राष्ट्रपतिसमक्ष समावेशी आयोगको वार्षिक प्रतिवेदन


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

संवैधानिक व्यवस्थाअनुसार आयोगले आफ्नो वार्षिक कार्यसम्पादन तथा प्रगति समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो।

प्रतिवेदन पेस गर्ने क्रममा आयोगले समावेशीकरणसँग सम्बन्धित विषयमा गर्दै आएका काम तथा आगामी कार्यदिशाबारे समेत जानकारी गराएको जनाइएको छ।