काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनमा मतदान गर्न मतदाताहरू उत्साहका साथ सहभागी भइरहेका छन्। यसैक्रममा सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाकी उपाध्यक्ष ३१ वर्षीया सरू लामाले बच्चा बोकेरै मतदान गरेकी छन्।
महाधिवेशनमा मतदान गर्न पुगेकी लामाले बच्चालाई काखमा राखेरै आफ्नो मताधिकार प्रयोग गरेकी हुन्। उनको यो दृश्यले महाधिवेशनस्थलमा मतदाताको सहभागिताको एउटा फरक तस्बिर प्रस्तुत गरेको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिहरू सहभागी भइरहेका छन्। लामाको सहभागिताले पारिवारिक जिम्मेवारीसँगै पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा सहभागी भएको दृश्य देखाएको छ।

















प्रतिक्रिया