पोखरा। कास्कीको पोखरा महानगरपालिका–२८ माझठानमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। शुक्रबार बिहान भएको दुर्घटनामा बसमा सवार अन्य यात्रु घाइते भएका छन्।
विद्यार्थी बोकेको बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ। दुर्घटनाका बेला बसमा २२ जना सवार रहेको जानकारी प्राप्त भएको छ।
दुर्घटनामा मृत्यु हुनेको पहिचान तथा घाइतेको अवस्थाबारे थप विवरण आउन बाँकी छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ र उनीहरूको उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

















प्रतिक्रिया