काठमाडौं – नेपाली कांग्रेसको महामन्त्री (खुला) पदको मतगणनामा प्रदीप पौडेलले अग्रता लिएका छन्। हालसम्म गणना भएको मतपरिणामअनुसार पौडेलले १ हजार ३८१ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका उदय शम्शेर राणाले ७८६ मत प्राप्त गरेका छन्। पौडेल र राणाबीच ५९५ मतको अन्तर रहेको छ। यस्तै, डा. सुनिलकुमार शर्माले ५२६ मत प्राप्त गरेका छन्। उनी पौडेलभन्दा ८५५ मतले पछाडि छन्।
महामन्त्रीको खुलातर्फ दुई जना निर्वाचित हुने व्यवस्था छ। यस पदका लागि कुल ७ हजार ४३ मत खसेकोमा हालसम्म २ हजार २३१ मत गणना भएको छ। बाँकी मतगणना जारी छ।

















प्रतिक्रिया