विजय पौडेलको सम्मानमा नेकपा संयुक्तले तीन दिन झुकाउने भयो पार्टीको झण्डा


काठमाडौं । नेकपा संयुक्तले पार्टीका नेता डा. विजयकुमार पौडेलको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ।

पार्टीको आज बसेको केन्द्रीय कमिटी बैठकले पौडेलको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा झुकाउने निर्णय गरेको कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जानकारी दिए।

नेकपा संयुक्तका सङ्गठन विभाग प्रमुखसमेत रहेका पौडेलको हिजो निधन भएको थियो। उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै सम्मानस्वरूप झण्डा झुकाउने निर्णय गरिएको हो।

पौडेल पार्टीको सङ्गठन निर्माण तथा राजनीतिक गतिविधिमा सक्रिय नेताका रूपमा परिचित थिए। उनको निधनप्रति पार्टीका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।