काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडास्थित बीपी राजमार्गमा यात्रुवाहक हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
इलामबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८३५९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको हो। दुर्घटनापछि घटनास्थलमा उद्धार कार्य सञ्चालन गरिएको थियो।
भकुण्डेबेँसीबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायसँग समन्वय गरी घाइतेहरूको उद्धार गरेको थियो।
उद्धार गरिएका घाइतेहरूलाई मेथिनकोट अस्पतालको एम्बुलेन्समार्फत थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
रातको समयमा दुर्घटना भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। अप्ठ्यारो भौगोलिक अवस्था र रातको अँध्यारोका बीच उद्धारलाई प्रभावकारी बनाउन नेपाली सेनाले थर्मल ड्रोनसमेत प्रयोग गरेको थियो।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ। घाइतेहरूको अवस्था र दुर्घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायबाट थप जानकारी प्राप्त हुन सक
















प्रतिक्रिया