काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनै लाग्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानबाहिर उत्सवमय माहोल देखिएको छ। मैदान वरपर राखिएका रंगीन स्वागत गेट, आकर्षक ब्यानर र विभिन्न ब्रान्डका प्रचार सामग्रीले टीयू क्षेत्रलाई झकिझकाउ बनाएका छन्।

एनपीएलको प्रतीक्षामा क्रिकेटप्रेमीहरू उत्साहित भइरहँदा मैदानबाहिरको सजावटले पनि प्रतियोगिताको रौनक झल्काएको छ। सडकदेखि मैदान प्रवेश गर्ने गेटसम्म देखिएको आकर्षक दृश्यले टीयू क्षेत्रलाई क्रिकेटमय बनाएको छ।

















प्रतिक्रिया