काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल आइपुगेका छन्। उनी आइतबार काठमाडौँ आइपुगेका हुन्। रसेलले यस सिजनको एनपीएलमा विराटनगर किङ्सबाट खेल्नेछन्।
रसेल नेपाल आइपुगेपछि विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत उनको स्वागत गरेको छ। टोलीले ‘द किङ ह्याज ल्यान्डेड इन नेपाल’ भन्दै रसेलको आगमनबारे जानकारी दिएको हो। विराटनगर किङ्सले उनलाई स्वागत गर्दै टोलीसँगको नयाँ अध्याय सुरु भएको जनाएको छ।
आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि विश्वभरका टी–२० लिगमा परिचित रसेलको आगमनले विराटनगर किङ्सको टोलीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। ब्याटिङमा विस्फोटक प्रदर्शन गर्न सक्ने र बलिङबाट पनि खेलको नतिजा बदल्न सक्ने क्षमताका कारण उनी टी–२० क्रिकेटका चर्चित खेलाडीमध्ये एक मानिन्छन्।
रसेलको सहभागिताले एनपीएलप्रति समर्थकको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ। विराटनगर किङ्सका समर्थकले पनि उनको प्रदर्शन हेर्न उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्।
एनपीएलमा रसेलको अनुभव र आक्रामक खेलशैली विराटनगर किङ्सका लागि कति प्रभावकारी हुन्छ भन्ने चासोका साथ हेरिएको छ।

















प्रतिक्रिया