काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषका विभिन्न बैंक खातामा रहेको कुल मौज्दात १८ अर्ब रुपैयाँ नाघेको छ।
कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषको कुल मौज्दात १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ मौज्दात रहेको छ। त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा गरी ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीपछि विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ। कोषमा जम्मा भएको रकम विपद् व्यवस्थापन तथा प्रभावितलाई सहयोग पुर्याउन परिचालन गर्ने उद्देश्य राखिएको छ।

















प्रतिक्रिया