6. इलाममा सवारी दुर्घटना : चालकको घटनास्थलमै मृ-त्यु


इलाम । इलाममा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान देउमाई नगरपालिका–१ चमैतामा भएको दुर्घटनामा स्थानीय २१ वर्षीय विपिन दियालीको ज्यान गएको हो।

प्रहरीका अनुसार चौरीबजारतर्फ जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भएर सडकबाट खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक दियालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।