काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो ।
बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ३ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको हो ।

















प्रतिक्रिया