काठमाडौं । विपना थापा, वर्षा राउत र महेश त्रिपाठीसहित चर्चित कलाकारहरूको अभिनय रहने नेपाली चलचित्र ‘बाकस’को छायाङ्कन सुरु भएको छ। नवीन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको छायाङ्कन कास्कीको धम्पुसबाट सुरु गरिएको हो।
पिके इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउँवाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको अभिनय रहनेछ। त्यस्तै, बालकलाकार सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायत कलाकार पनि चलचित्रमा देखिनेछन्।
सुजिता चौलागाईं निर्माता रहेको चलचित्रमा राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माताका रूपमा छन्। धिरेन्द्र पन्त कार्यकारी निर्माता रहेको चलचित्रको छायाङ्कन महेश पौडेलले गर्नेछन्।
चलचित्रको मुख्य सहायक निर्देशकमा मणि तामाङ छन् भने सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं सहनिर्देशकका रूपमा रहेका छन्। चलचित्रमा द्वन्द्व निर्देशन किरण दहाल, कोरियोग्राफी सियोन श्रेष्ठ तथा संगीत दीपक शर्मा र सनम पुरुष राईको रहनेछ।
त्यस्तै, उर्मिला लामाले शृङ्गार, अस्मिता सापकोटाले हेयर, लक्ष्मण पाण्डेले स्टिल फोटोग्राफी तथा आइडलले पोस्टर डिजाइनको जिम्मेवारी सम्हाल्नेछन्। चलचित्रको प्रोडक्सन म्यानेजर निर्मल न्यौपाने हुन् भने कस्ट्युम डिजाइनरमा ज्योति केसी र निराजन घिमिरे रहेका छन्।
धम्पुसबाट छायाङ्कन सुरु भएको ‘बाकस’को प्रदर्शन मिति र कथावस्तुबारे भने निर्माण पक्षले थप जानकारी सार्वजनिक गर्न बाँकी छ।

















प्रतिक्रिया