काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समय मिलेको खण्डमा नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न मैदानमै पुग्ने इच्छा व्यक्त गरेका छन्। उनले अहिले सञ्चालन भइरहेको एनपीएल हेर्न जाने चाहना रहेको बताएका हुन्।
नेपालमा क्रिकेटप्रति दर्शकको आकर्षण बढिरहेका बेला ओलीले पनि प्रतियोगिता हेर्न रुचि देखाएका छन्। उनले समय मिलाउन सके मैदानमै पुगेर एनपीएलका खेल हेर्ने बताएका छन्।
एनपीएल नेपाली क्रिकेटको विकास, खेलाडीको प्रतिभा प्रदर्शन र घरेलु क्रिकेटको प्रवर्द्धनका लागि महत्त्वपूर्ण प्रतियोगिताका रूपमा रहेको छ। प्रतियोगिताले नेपाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै क्रिकेटप्रेमीलाई घरेलु टोलीको प्रतिस्पर्धा नजिकबाट हेर्ने अवसरसमेत दिँदै आएको छ।
प्रतियोगितामा विभिन्न टोलीबीच प्रतिस्पर्धा भइरहँदा समर्थकहरूमा पनि उत्साह बढेको छ। एनपीएलले नेपाली क्रिकेटको व्यावसायिक विकास र खेलकुदप्रति युवाको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यद्यपि, ओलीले एनपीएल हेर्न जाने निश्चित मिति र समय भने खुलाएका छैनन्। उनले समय मिलेको अवस्थामा प्रतियोगिता हेर्न मैदान पुग्ने इच्छा व्यक्त गरेका हुन्।

















प्रतिक्रिया