वर्षाले एनपीएलका बाँकी खेल प्रभावित हुने जोखिम


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का बाँकी खेल वर्षाका कारण प्रभावित हुने जोखिम बढेको छ। अक्टोबर ३१ मा पनि काठमाडौंमा वर्षाको सम्भावना रहेकाले खेल सञ्चालनमा मौसम बाधक बन्न सक्ने देखिएको छ।

वर्षाले खेल प्रभावित हुन सक्ने आशंकाबीच टियु क्रिकेट मैदानको पछिल्लो अवस्था कस्तो छ ? भोलिका खेल निर्धारित समयमै सञ्चालन होलान् वा वर्षाले अवरोध पुर्‍याउला ? अहिले क्रिकेट समर्थक र दर्शकको चासो बढेको छ।

यद्यपि, खेल रोकिने वा रद्द हुनेबारे अहिलेसम्म निश्चित भइसकेको छैन।