प्रधानमन्त्री बालेनको चेतावनी: ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सही समय आएपछि सबैको गलत समय आउने भन्दै कसैले पनि आफू उम्किन सक्ने सपना नदेख्न चेतावनी दिएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।

‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,’ उनले लेखेका छन्।

प्रधानमन्त्री शाहको यो अभिव्यक्ति कुन व्यक्ति वा घटनालाई लक्षित गरेर आएको हो भन्नेबारे भने उनले थप खुलाएका छैनन्। उनको स्ट्याटसपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।