काठमाडौँ । स्विट्जरल्यान्डका राष्ट्रिय परिषद्का अध्यक्ष पियरे-आन्द्रे पेज ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आइपुगेका छन्। प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको निमन्त्रणामा उनी कतार एयरवेजको उडानमार्फत काठमाडौँ आएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत संसदीय मैत्री समूहकी संयोजक खुश्बु ओलीले गरेकी छन्। सभामुखको सचिवालयका अनुसार स्विस परिषद् अध्यक्ष पेजको नेपाल भ्रमणलाई दुई देशबीचको संसदीय सम्बन्ध र सहकार्य विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
नेपाल भ्रमणका क्रममा पेजले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसैगरी, उनले प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग पनि भेटवार्ता गर्ने तय भएको छ।
६ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आएका पेजको भ्रमणका क्रममा नेपाल र स्विट्जरल्यान्डबीचको सम्बन्ध, संसदीय सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया