काठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको हो। मृतकको राष्ट्रियता भने अहिलेसम्म खुल्न सकेको छैन।
दुर्घटनामा एक जना घाइते भएका छन्। घाइतेलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी लुक्लास्थित अस्पतालमा उपचारका लागि पुर्याइएको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिएका छन्।
प्रारम्भिक जानकारीअनुसार दुवै हेलिकोप्टर अवतरण (ल्याण्डिङ) गर्ने क्रममा हेलिकोप्टरका पङ्खा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
घटनापछि उद्धार कार्य गरिएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

















प्रतिक्रिया