दुई सातापछि बस्दै मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजेका लागि बोलाइयो


काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

करिब दुई सातापछि प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ ।