कानुन समितिको बैठक आज बस्दै, मन्त्रीलाई पनि बोलाइयो


काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक आज मंगलबार बस्दै छ। सिंहदरबारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बैठक बस्ने तय भएको हो।

बैठकमा मेलमिलापसम्बन्धी विधेयक, २०८३ माथि छलफल हुने कार्यसूची रहेको छ। विधेयकमाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावका सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गरिने समितिले जनाएको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई पनि आमन्त्रण गरिएको छ। विधेयकका विभिन्न प्रावधान र सांसदहरूले प्रस्ताव गरेका संशोधनबारे बैठकमा छलफल हुनेछ।