बागमतीका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा बैंकिङ कसुरमा पक्राउ


काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दिक्षान्त बानियाँ बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन्।

नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी र दिक्षान्त बानियाँ प्रतिवादी रहेको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा उनलाई पक्राउ गरिएको हो।

उच्च अदालत पाटन, हरिहरभवन ललितपुरबाट पक्राउ अनुमति लिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले उनलाई सोमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट पक्राउ गरेको हो।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ निवासी बानियाँलाई पक्राउपछि अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

सीआईबीका अनुसार उनीमाथि बैंकिङ कसुरसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ।